वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, संवर्धन एवम् संस्कृत विद्याको प्रचार-प्रसारद्वारा सुसंस्कृत समाज निर्माण गर्ने पवित्र उद्देश्यले ब्रह्मलीन परमपूजनीय गुरुवर श्री १०८ स्वामी नारायणानन्द गिरिजी महाराजको सत्सङ्कल्पबाट नेपालको मध्यभाग सिद्धार्थनगर न.पा.-३, भैरहवा, रुपन्देही, लुम्बिनीमा वि.सं.२०१८ मा संस्कृत विद्या संन्यास आश्रम भैरहवा को स्थापना भएको हो ।
वर्तमान अवस्थमा आश्रमले आफ्नो उद्देश्य अनुरूप गुरुकुलको सञ्चालन, सन्तसेवा, गोसेवा, अतिथिसेवा जस्ता कार्यक्रमहरूद्वारा समाजमा धार्मिक एवम् आध्यात्मिक पुनर्जागरण गरिरहेको छ । निकट भविष्यमा अनुसन्धानकेन्द्र सञ्चालन गरी संस्कृत वाङ्मयको सर्वाङ्गीण अध्ययन/अध्यापन गर्ने र नेपालमा सञ्चालित गुरुकुल एवम् गरुकुलीय शिक्षाप्रणालीलाई उचाइमा पुऱ्याउने उद्देश्यतर्फ यो गुरुकुलले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।