श्री संस्कृत विद्या संन्यास आश्रम भैरहवा

(आश्रम परिचय)

संस्कृत विद्या संन्यास आश्रम, भैरहवा, वि.सं. २०१८ मा नेपालको मध्यभाग, सिद्धार्थनगर नगरपालिका-३, भैरहवा, रुपन्देही, लुम्बिनीमा ब्रह्मलीन परमपूजनीय गुरुवर श्री १०८ स्वामी नारायणानन्द गिरिजी महाराजको सत्सङ्कल्पबाट स्थापना भएको थियो। यस आश्रमको मुख्य उद्देश्य वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, संवर्धन र संस्कृत विद्याको प्रचार-प्रसारद्वारा सुसंस्कृत समाज निर्माण गर्नु हो।

वर्तमानमा आश्रमले विभिन्न धार्मिक र आध्यात्मिक कार्यक्रमहरूको आयोजना गर्दै समाजमा पुनर्जागरणको कार्य गरिरहेको छ। यसमा गुरुकुलको सञ्चालन, सन्तसेवा, गोसेवा, र अतिथिसेवा जस्ता कार्यक्रमहरू प्रमुख छन्। निकट भविष्यमा आश्रमले एक अनुसन्धान केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ, जसले संस्कृत वाङ्मयको सर्वाङ्गीण अध्ययन/अध्यापनमा योगदान पुर्याउनेछ, साथै नेपालमा सञ्चालित गुरुकुल र गुरुकुलीय शिक्षाप्रणालीलाई अझ उचाइमा पुर्याउन यो गुरुकुलले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

आश्रमले संस्कृत शिक्षा र संस्कृतिलाई जगेर्ना गर्नका लागि महत्वपूर्ण कार्यहरू गर्दै आएको छ, जसले गर्दा धार्मिक, सांस्कृतिक, र शैक्षिक क्षेत्रमा समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुगिरहेको छ। संस्कृत विद्या संन्यास आश्रम संस्कृत शिक्षाको महत्वलाई व्यापक रूपमा फैलाउन, संस्कृतको संरक्षण गर्न र समाजमा धार्मिक एवम् सांस्कृतिक मूल्यहरूको पुनरुत्थान गर्न सदा समर्पित छ।