संस्कृत विद्या संन्यास आश्रम भैरहवा, वि.सं. २०१८ सालदेखि सञ्चालनमा रहेको एक प्रतिष्ठित शैक्षिक संस्था हो। यो गुरुकुल वि.स. २०५१ मा संस्था दर्ता ऐन २०३४ अन्तर्गत रुपन्देही जिल्ला प्रशासन कार्यालय सिद्धार्थनगरमा विधिवत् रूपमा दर्ता भएको थियो। यसपछि गुरुकुलले वनकाली वेद विद्याश्रमको पाठ्यक्रम अनुसार संस्कृत, ज्योतिष, कर्मकाण्ड, वेद, नव्य. व्याकरण, गणित लगायतका परम्परागत विषयहरूमा शिक्षा प्रदान गर्दै आएको छ। नेपाल सरकारको शिक्षा प्रणालीसँग तालमेल मिलाएर यहाँका विद्यार्थीहरूलाई शास्त्रीय ज्ञानसँगै आधुनिक शिक्षाको पनि अवसर प्रदान गरिन्छ।
विद्याश्रममा नि.मा.वि (निम्न माध्यमिक विद्यालय) र मा.वि (माध्यमिक विद्यालय) स्तरसम्मका बटुकहरूलाई आवासीय रूपमा निःशुल्क अध्यापन गराइन्छ। विद्यार्थीहरूलाई एक पटकको भर्ना शुल्क बाहेक कुनै पनि किसिमको फी. वा शुल्क लिइँदैन। यसका साथ-साथै विद्या आर्जनका लागि आएका विद्यार्थीहरूलाई निःशुल्क भोजन, आवास र अन्य आधारभूत सुविधाहरू उपलब्ध गराइन्छ।
विद्याश्रममा प्रदान गरिने पाठ्यक्रमले परम्परागत शिक्षामा गहिरो जोड दिँदै आधुनिक जीवनका आवश्यकताहरूसँग पनि सन्तुलन कायम राखेको छ। संस्कृत, ज्योतिष, कर्मकाण्ड र वेदजस्ता विषयहरूमा गहिरो अध्ययन गराइन्छ, जसले गर्दा विद्यार्थीहरूलाई शास्त्रीय ज्ञान प्राप्त गर्न र समाजमा जिम्मेवार नागरिकका रूपमा अघि बढ्न मद्दत मिल्छ।
संस्कृत विद्या संन्यास आश्रमले आफ्नो शिक्षणविधि र अनुशासनमा आधारित वातावरणमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँछ। यसले संस्कृत शिक्षाको महत्त्वलाई जगेर्ना गर्ने, संस्कृतिको संरक्षण गर्ने र धार्मिक तथा सामाजिक मूल्यहरूलाई अगाडि बढाउने कार्यमा निरन्तरता दिएको छ। विद्याश्रमले आफ्नो समुदायमा मात्र नभई सम्पूर्ण समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।
| क्र.सं. | नाम थर | सम्पर्क नं. | पद |
|---|---|---|---|
| १ | श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराजज्यू | ९८४७६७४५१५ | पीठाधीश |
| २ | नारायणराज उपाध्याय | ९८४७०५१५३४ | प्रधानाचार्य |
| ३ | रूपक उपाध्याय | ९७०३०१८४५२ | प्रबन्धक |
| ४ | पुष्पराज खतिवडा | ९८२७१५०१५७ | सह.प्रधानाचार्य |
| ५ | पुष्पराज पाण्डे | ९८४४३३४०७८ | अध्यापक |
| ६ | अनिल सुवेदी | ९८२६४९२९१२ | अध्यापक |
| ७ | जनकल्याण दाहाल | ९८६८९८२१४४ | अध्यापक |
| ८ | रिता घिमिरे | ९८४४७२०८६४ | अध्यापिका |
| ९ | सुधीर आर्याल | ९८४८२४४६१५ | अध्यापक |
| १० | हरि अर्याल | ९८४६०१३८९५ | सहयोगी |